IME Life New

बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यालयले जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी जेष्ठ १ गते मंगलबारका दिन प्रभातफेरी कार्यक्रम बुटवलको राजनमार्ग चौराहा देखि मिलनचोक सबपार्क प्रदेश अस्पताल हुदै हस्पिटल चोक हुँदै पुष्पलाल पार्कमा कोण सभागरी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा करिव ५०० जनाको सहभागीता रहेको थियो । उक्त प्रभातफेरी कार्यक्रममा सहभागी भएका सम्पूणा सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।

Esewa
Crest

त्यसैगरी नेपाल बीमा प्राधिकरण लुम्विनी प्रदेशको निर्देशन बमोजिम निप्स बाँके च्याप्टरको नेतृत्वमा गणेशमान चोक देखि पुष्पलाल चोकसम्म त्यस क्षेत्रमा रहेका बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता गरी करिव ९० जना र निप्स दाङ च्याप्टरको आयोजनामा १०० जना भन्दा बढी प्रभातफेरी कार्यक्रममा सहभिगता रहेको थियो ।

साथै निप्स बाँके च्याप्टरका अध्यक्ष सिद्धार्थ जंग शाहले उपस्थित सम्पूणलाई धन्यवाद र वार्षिक उत्सवको उपलक्ष्यमा शूभकामना ब्यक्त गरे ।

त्यसैगरी नेपाल बीमा प्राधिकरण लुम्विनी प्रदेशको निर्देशन बमोजिम निप्स दाङ च्याप्टरको नेतृत्वमा घोराही १५ को तुलसीपुर न्यूरोड बैंक रोड शहिद उमेश मार्ग हुँदै पुन तुलसीपुर चोकसम्म त्यस क्षेत्रमा रहेका बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता गरी करिव ९० १०० जना भन्दा बढी प्रभातफेरी कार्यक्रममा सहभिगता रहेको थियो ।

साथै निप्स दाङ च्याप्टरका अध्यक्ष तथा महासचिवले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यावाद तथा वार्षिक उत्सवको शूभकामना ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS