IME Life New

शेयर बजारमा आजबाट नयाँ ब्रोकर कमिसन लागू हुँदै, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन आज जेठ १ गतेबाट कार्यान्वयनमा आउने भएको छ।

धितोपत्र बोर्डको गत वर्ष कात्तिक १ गतेको ब्रोकर कमिसन घटाउने निर्णयमा ७ महिनापछि अर्थ मन्त्रालयमा स्वीकृति दिएको थियो। अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै पठाएको ब्रोकर कमिसन घटाउने निर्णयसहितको प्रस्तावलाई स्वीकृति दिएका थिए।

Esewa
Crest

अर्थमन्त्रीको स्वीकृतिपछि अघिल्लो साता बसेको धितोपत्र बोर्डको सञ्चालक समितिले घटाइएको ब्रोकर कमिसन आज जेठ १ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको थियो। योसँगै अब घटेको नयाँ ब्रोकर कमिसन आजबाट लागू हुने भएको हो।

अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्नेछ।

यसअघि ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS