IME Life New

बीमा भनेको विश्वासको बजार होः प्राधिकरणका अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको बजार भनेको विश्वासको बजार रहेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रमका प्राधिकरणमा अध्यक्ष सिलवालले जतिसक्दो कम्पनीहरुले सर्वसाधारणलाई विश्वास दिलाई बीमा पोलिसी विक्री गर्नुपर्ने बताएका हुन् । बीमा बजार भनेको विश्वासको बजार रहेको उनले बताए ।

अध्यक्ष सिलवालले आम सर्वसाधारणलाई राम्रो सेवा प्रवाह गरी बीमा बजारलाई विश्वास गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । उनले बीमा कम्पनीहरुले राम्रो सेवा प्रवाह गर्न सकेन भने मानिसमा बीमाबारे चेतना नबढ्ने भन्दै उनले बीमा साक्षरता समेत सबैमा प्रवाह गर्न आग्रह गरे । उनले भने,‘ बीमा सेवाको बारेमा जानकारी दिनुपर्यो, बीमाको ससुरक्षा देखाउनुपर्यो अनी पो बीमा गर्न मानिसहरु उत्सुक हुन्छन् त,’ । कम्पनीमा बसेर बीमा कसले बुज्छ भन्दै सिलवालले बीमा साक्षरता अभियानलाई जोड दिन आग्रह गरे ।

Esewa
Crest

बीमा बजारलाई कसरी फराकिलो बनाउन सकिन्छ त्यो विषयतिर ध्यान दिन समेत उनले सबै बीमा कम्पनीहरुलाई निर्देशन दिए । बीमा अभिकर्ताहरु कम्पनीका मुख्य खम्बा हुन् । अभिकर्ता बिना बीमा व्यवसाय विस्तार गर्न असम्भव छ । त्यसैले बीमा अभिकर्तालाई सबैले सम्मान गर्नुपर्छ उनले भने ।

कर्मचारीसँग रिसाए अध्यक्ष सिलवाल
प्रभातफेरी सकेपछि बीमा प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगिताका विजेता, २० वर्ष काम गरेका कर्मचारी र उत्कृष्ट निबन्ध लेख्नेलाई पुरस्कृत गरिएको थियो। सम्मान कार्यक्रमको समापनलाई सम्बोधन गर्दा अध्यक्ष सूर्यप्रसाद सिलवाल केही रिसाएको जस्तो देखिए।

अध्यक्ष सिलवालले आफ्नो कार्यालयको वार्षिकोत्सवमा सबै कर्मचारीहरु उपस्थित नभएको भन्दै आक्रोश पखे। ‘हामी बीमा कम्पनीहरुको नियामक हौँ, हाम्रा गतिविधिमा सबै ध्यान दिइरहेका हुन्छन्’, उनले भने, ‘तर, आफ्नै कार्यालयको वार्षिकोत्सवमा सबै कर्मचारी उपस्थिति मैले देखेको छैन। यसले बाहिर नकारात्मक सन्देश जान्छ।’

वर्षमा १ पटक आउने यस्ता कार्यक्रम सबै कर्मचारी उपस्थित महौल नै सकारात्मक बन्ने उनको तर्क थियो। ‘अध्यक्ष भनेको फेरिरहन्छन् तर कर्मचारीले लामो समय एउटै कार्यालयमा बिताउँछन्’, उनले भने, ‘अब यस्तो कार्यक्रममा सहभागी हुन १ वर्ष कुर्नुपर्छ।’

यस्तो कार्यक्रमलाई सबैलाई एकजुट हुन, एक–अर्काको अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने अध्यक्ष सिलवालको भनाइ थियो। ‘त्यसैले म सबैलाई आग्रह गर्छु, यस्तो महत्वपूर्ण कार्यक्रममा सकभर सबैजना सहभागी बनौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS