IME Life New

बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागीमा बैशाख ३० गते रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा ४० पाउन रगत कलेक्सन भएको थियो । उक्त रक्तदान कार्यक्रम सहभागी भई रक्तदान गरेका रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले सम्मान सहितको प्रमाणपत्र वितरण गर्दै उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS