IME Life New

प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा फुटसल प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागीमा वैशाख २७ र २८ गते फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।

जसमा जीवन बीमा कम्पनीबाट २ समुह, निर्जीवन बीमा कम्पनीबाट २ समूह सर्भेयर तथा अभिकर्ताबाट १ समूह र प्राधिकरणको तर्फबाट १ समूह गरी ६ वटा समूहमा विभाजन गरी फुटसल प्रतियोगिता सम्पन्न भएको हो । उक्त कार्यक्रम मोनालिसा फुटसल जानकीनगर, बुटवलमा सम्पन्न भएको थियो ।

Esewa
Crest

उक्त खेलमा प्रथम निर्जीवन बीमा कम्पनी (क) समूहबाट भको थियो । दोश्रो जीवनन बीमा कम्पनी (ख) समूहबाट भएको थियो भने तेश्रो जीवनन बीमा कम्पनी (क) समूहबाट भएको थियो ।

उक्त फुटसल प्रतियोगितामा प्रथम, द्बितीय तथा तृतीय हुने विजेताहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले पुरस्कार वितरण गर्दै उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS