काठमाडौं । विद्युत नियमन आयोगको रिक्त अध्यक्ष १ र ३ सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । आज वैशाख २६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो। आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो। २०८१ जेठ ९ गते भित्र आवेदन दिनुपर्नेछ ।
अध्यक्ष पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (क) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ। त्यस्तै सदस्य पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (ख) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ।