IME Life New

बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयद्धारा हाजिरी जवाफ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा हाजिरी जवाफ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनीबाट २ जनाका दरले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । उक्त कार्यक्रम बैशाख २५ गते सम्पन्न भएको छ

जसमा ११ वटा जीवन बीमा कम्पनीको सहभागी रहेको थियो भने १२ वटा निर्जीवन बीमा कम्पनी सहभागी रहेको थियो । उक्त कार्यक्रम कृषि विकास बैंकको तालिम केन्द्र मंगलापुर रुपन्देहीमा सम्पन्न भएको थियो ।

Esewa
Crest

जीवन बीमा कम्पनी समूहबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड प्रथम भएको छ । दोश्रोमा आइएमई इन्स्योरेन्स लिमिटेड रहेको छ भने तेश्रो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनी समूहबाट राष्टिय बीमा कम्पनी लिमिटेड प्रथम भएको छ । दोश्रोमा नेको इन्सुरेन्स लिमिटेड र तेश्रोमा सानिमा जिआईसी इन्स्योर्स लिमिटेड रहेको छ ।

जीवन बीमा तर्फ सुरक्षा रेग्मीले कार्यक्रम संचालन गरेकी थिइन् भने निर्जोवन बीमातर्फ सुरेन्दुर चौलागाईले कार्यक्रमको संचालन गरेका थिए

।त्यसै गरी नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले प्रमाणपत्र वितरण गर्नुका साथै सहभागीहरुलाई धन्यवाद र पुरस्कार जित्ने समूहलाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापनगरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS