काठमाडौं । आज शेयर बजार २ दशमलव ०६ अंकले बढेर १,९६० को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् ।