काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक अधिकृत पदका लागि ६ जना, कार्यक्रम सहायम पदका लागि १६ जना कर्मचारी माग गरेको छ । यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । त्यस्तै, सहायक अधिकृत पदका लागि न्यूनतम स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ ।