IME Life New

बजारको अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन अध्यक्ष सिलवालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले भने, “भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

Esewa
Crest

बीमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर संचालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, “प्राधिकरण क्रमिकरूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ, बीमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर संचालनमा ल्याउनुपर्छ, कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउनसक्छ ।”

लघुबीमा कम्पनीहरूलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न इजाजतपत्र दिइएको स्पष्ट गर्दै अध्यक्ष सिलवालले भने, “लघुबीमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरकखालका नयाँ बीमालेख ल्याउनुपर्छ, बीमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेखहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदैै नयाँ बीमालेखबाट बीमाको दायरा बढ्ने र बीमा कम्पनीप्रतिको धारणा पनि राम्रो हुने बताए ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापकरूपमा डिजिटलाइजेशनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बीमालेख ल्याएमा मात्र बीमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बीमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए ।

नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जीवन बीमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौती सम्बन्धी प्रस्तुती गर्नुहुँदै बजार अध्ययन गरी नयाँ नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई आग्रह गर्दै कोडिङ्ग सम्बन्धी व्यवस्थाले बीमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बीमालेख जारी गर्ने लगायतका कार्य सहज हुने बताइन् ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमालेख कोडिङ्ग तथा डिजिटल बीमालेख सम्बन्धी प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS