IME Life New

कारमा एसी चलाउँदा माइलेजमा कति पर्छ प्रभाव ? के-के कुरामा दिनुपर्छ ध्यान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौै । गर्मीयाम सुरु भइसकेको छ। गर्मीयाममा कारभित्र तातोको उपचार भनेको एसी हो। एसी आरामदायी सुविधामध्ये एउटा हो। तर, यो सुविधा महँगो साबित हुन सक्छ।

चलिरहेको कारमा एसी चलाउँदा माइलेजमा प्रत्यक्ष असर पर्छ। यस्तो अवस्थामा चलिरहेको कारमा एसी कुन स्तरमा राख्नुपर्छ र एसी चलाएपछि यसले माइलेजमा कति प्रभाव पार्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ।

Esewa
Crest

एसीले कसरी माइलेज घटाउँछ ?

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने एसी कम्प्रेसर चलाउन इन्जिनले बढी काम गर्नुपर्छ र इन्जिनमा लोड बढ्दा यसले इन्धन खपत पनि बढाउँछ। एसी चलाउँदा निस्कने चिसो हावा तातो हावाभन्दा भारी हुन्छ, जसका कारण गाडी चलाउँदा हावा प्रतिरोधी क्षमता बढ्छ र इन्धन खपत पनि बढ्छ। कतिपय कारमा एसी सीधै इन्जिनबाट नभई ब्याट्रीबाट चल्छ। यसले ब्याट्रीमा लोड बढ्छ र अल्टरनेटरले बढी काम गर्नुपर्छ र यस्तो अवस्थामा इन्धन खपत पनि बढ्छ।

कारमा एसी प्रयोग गर्दा माइलेज कति घट्छ ?

कारमा एसी चल्दा माइलेज घट्नुका धेरै कारण छन्। पुराना कारमा एसीले नयाँ मोडलहरुको तुलनामा माइलेजमा बढी प्रभाव पार्छ। सानो इन्जिन भएका कारहरुमा एसीले ठूला इन्जिन भएका कारहरुको तुलनामा माइलेजमा बढी प्रभाव पार्छ।

सहरहरुमा ड्राइभिङ गर्दा ट्राफिक जाममा बारम्बार रोकिनुपर्छ। जसले इन्जिनमा बढी काम गर्छ र निश्चित रुपमा माइलेजलाई असर गर्छ। एसी धेरै चिसो राख्ने र बारम्बार झ्याल खोल्ने र बन्द गर्दा पनि माइलेज घट्छ।

माइलेज बचत गर्न केही महत्वपूर्ण टिप्स

  • आवश्यक परेको बेलामात्र एसी चलाउनुपर्छ। जब कार चिसो हुन्छ वा बाहिरको तापक्रम घट्छ तब एसी बन्द गर्नुपर्छ।
  • जब कार सुस्त गतिमा गुडिरहेको छ वा केही समयका लागि रोकिन लागेको छ भने कारको झ्याल खोलेर एसी बन्द गर्नुपर्छ।
  • कम इन्फ्लेटेड टायरले पनि माइलेज घटाउँछ।
  • कारको नियमित सर्भिसिङ गराउँदा इन्जिनले राम्रो काम गर्छ र माइलेज पनि राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS