IME Life New

बीमकका सञ्चालकलाई व्यवस्थापनको दैनिक कामकाजमा हस्तक्षेप गर्न रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीको सञ्चालकले बीमकको दैनिक व्यवस्थापकीय काम कारवाहीमा हस्तक्षेप गर्न नेपाल बीमा प्राधिकरणले बन्देज लगाएको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

निर्देशिकाको दफा १२ (८) मा बीमा कम्पनीका सञ्चालकले बीमकको व्यवस्थापनको दैनिक कामकारवाहीमा हस्तक्षेप गर्नु हुँदैन भन्ने प्रावधान छ। यसैगरी, सञ्चालकले अन्य कुनै पनि बीमक वा बैंक तथा वित्तीय संस्थाको सञ्चालक भएर कार्य गर्न पनि नपाउने व्यवस्था निर्देशिकामार्फत गरिएको छ। यद्यपि, कुनै एक किसिमको बीमकले अर्को किसिमको बीमकमा शेयर धारण गरेको रहेछ भने त्यस्तो बीमकको सञ्चालकमा आफ्नो कर्मचारीलाई भने सञ्चालकका रुपमा नियुक्त गर्न सक्नेछन्।

Esewa
Crest

बीमकको कामको सिलसिलामा सञ्चालकले स्वदेशको भ्रमण गर्नुपरेमा सञ्चालक समितिबाट निर्णय गराई सोको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ। सञ्चालकले आफूसँग वित्तीय स्वार्थ रहेको बीमकको कुनै पनि कारोबारमा संलग्न हुन नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ।

सञ्चालकले आफ्नो वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य मेनेजिङ एजेन्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थासँगको बीमा कारोबारमा संलग्न हुन पाउने छैनन्। यद्यपि, सञ्चालक समितिले कुनै कारोबारको सम्बन्धमा कुनै सञ्चालकको वा निजको एकाघरको परिवारको सदस्यको वित्तीय स्वार्थ गाँसिएको छ भनी प्रमाणित नगरेसम्म सार्वजनिक रुपमा निष्कासन गरिएका शेयर तथा ऋणपत्रहरुको कारोबार गर्न कुनै बाधा नपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS