IME Life New

बीमकले काम प्रभावकारी बनाउन छुट्टाछुटै समिति गठन गर्नुपर्ने, यस्तो आयो सुशासनसम्बन्धी निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ।

बीमकको सञ्चालक समिति, शेयरधनी तथा व्यवस्थापनको सम्बन्ध तथा जिम्मेवारी निर्धारण गर्न एवं बीमित हित संरक्षण गर्ने बृहत्तर प्रयोजनका लागि बीमकको संस्थागत सुशासन कायम गर्न यो निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ। बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणको सञ्चालक समितिले यो निर्देशन जारी गरेको हो। यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।

Esewa
Crest

निर्देशिकाबमोजिम अब बीमकले सञ्चालकको नियुक्ति तथा हेरफेर भएमा वा सञ्चालकको पद रिक्त भएमा त्यसरी नियुक्ति वा हेरफेर वा रिक्त भएको १५ दिनभित्र सोको विवरण तयार पारी प्राधिकरणमा पेस गर्नुपर्नेछ। विदेशी बीमकको व्यवस्थापन समूह गठन गर्दा कार्यकारी प्रमुखको संयोजकत्वमा वरिष्ठ कर्मचारीहरुमध्ये कम्तीमा एकजना नेपाली कर्मचारी रहने गरी ३ सदस्यीय रहनुपर्नेछ।

अब बीमकले कामकारबाही प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न छुट्टाछुट्टै समिति गठन गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। जसअनुसार अब बीमकहरुले दाबी भुक्तान, लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता (सोल्भेन्सी), मानव संशाधन र सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गर्नुपर्नेछ। कुनै खास प्रयोजनका लागि आवश्यकताअनुसार अनय विषयमा समिति वा उपसमिति गठन गर्दा यो निर्देशिकाबाट कुनै बाधा पुग्ने छैन।

यसैगरी बीमकले इजाजतपत्र प्राप्त गरेको एक वर्षभित्र बीमा, व्यवस्थापन, वाणिज्यशास्त्र वा कानुन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका व्यवस्थापक तहका अधिकृत कर्मचारीमध्येबाट परिपालन (कम्प्लाइन्स) अधिकृत नियुक्त गरी वा तोकी सोको जानकारी प्राधिकरणलाई दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। बीमकले कुनै विशेष कामका लागि कुनै सल्लाहकार वा परामर्शदाता आवश्यक पर्ने भएमा आधार र कारण खोली सञ्चालक समितिको निर्णयसहित सल्लाहकार वा परामर्शदाता नियुक्त गर्न स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दिनुपर्नेछ।

त्यस्तै बीमकले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्नेछ। सञ्चालक समितिबाट स्वीकृत भएको नीति, कार्यक्रम र बजेट १५ दिनभित्र प्राधिकरणसमक्ष पेस गर्नुपर्नेछ। बीमकको सञ्चालक समितिले त्रैमासिक रुपमा समीक्षा गरी अभिलेख राख्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

nia directives

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS