IME Life
Beema Board

सरकारी स्वास्थ्यकर्मीमाथि कडाइ, निजी स्वास्थ्य संस्थामा काम र विज्ञापन गर्न रोक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले निजी स्वास्थ्य संस्थामा काम वा विज्ञापन गर्ने सरकारी स्वास्थ्यकर्मीमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार एक निर्देशन जारी गर्दै यस्तो चेतावनी दिएको हो। मन्त्रालयले मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई परिपत्र जारी गर्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको छ।

Prabhu
Crest

परिपत्रमार्फत निजीमा काममात्रै नभई विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि मन्त्रालयले निर्देशन दिइएको छ।

कार्यालय समयमा सरकारी स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्थामा गएर काम गरेको र विज्ञापन गरी त्यस संस्थाको प्रचार–प्रसार गरेको गुनासो आएपछि सरकार कठोर बनेको हो। अबदेखि निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS