काठमाडौं । शेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ६३ करोड ३० लाख रुपैयाँ
- पोखरा फाइनान्सः १४ करोड ८० लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ८ करोड ४० लाख रुपैयाँ
- नेपाल फाइनान्सः ५ करोड ७४ लाख रुपैयाँ
- पिपुल्स पावरः ४ करोड ८१ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः ४ करोड ६३ लाख रुपैयाँ
- माई खोला हाइड्रोपावरः ४ करोड २६ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः ३ करोड ६६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३ करोड ६६ लाख रुपैयाँ