IME Life New

ईभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो सुरु, बिजुली खपत बढाउने सन्देश दियौँः कार्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देशसहित सुरुआत गरिएको हो।

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन्। चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुआत अघि बिहान विद्युतीय सवारी प्रवर्द्धन र विद्युत खपत बढाउने सन्देश दिँदै ईभी र्‍याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

Esewa
Crest

उद्घाटनका अवसरमा बोल्दै ऊर्जामन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे। ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोगी सावित हुनेछ’, उनले भने।

हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे।

इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले ईभी र्‍याली आयोजना गरेको बताए। सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्‍याली आयोजना गरेर प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए। ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ। यसलाई सार्थक बनाउन पनि इभी र्‍यालीले सहयोग गर्छ’, उनले भने।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए।

हाइड्रो एक्स्पोको सुरुआत अघि भएको र्‍याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो। र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए।

एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिकसत्रहरु आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS