Connect IPS
IME Life

अख्तियारद्वारा सुनिल पौडेलविरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर, पौने २३ करोड बिगो मागदाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पेमेन्ट गेट–वेसम्बन्धी उपकरण खरिद प्रकरणमा गत शुक्रबारमात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध फेरि विशेष अदालतमा मुद्दा दायर भएको हो। पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

Prabhu
Crest

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा आज फेरि भ्रष्टाचार मुद्दा दायर गर्दै पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ। गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धान गर्न भन्दै अख्तियारले पौडेललाई गत माघ १० पक्राउ गरेको थियो। उनी हिरासतमा छन्। उनले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको अख्तियारको ठहर छ।

यसैबीच अख्तियारले पौडेलसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध पनि आइतबारै भ्रष्टाचार मुद्दा दाय गरेको छ। विकलले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको अख्तियारीको ठहर छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS