IME Life New

अख्तियारद्वारा सुनिल पौडेलविरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर, पौने २३ करोड बिगो मागदाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पेमेन्ट गेट–वेसम्बन्धी उपकरण खरिद प्रकरणमा गत शुक्रबारमात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध फेरि विशेष अदालतमा मुद्दा दायर भएको हो। पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

Esewa
Crest

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा आज फेरि भ्रष्टाचार मुद्दा दायर गर्दै पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ। गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धान गर्न भन्दै अख्तियारले पौडेललाई गत माघ १० पक्राउ गरेको थियो। उनी हिरासतमा छन्। उनले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको अख्तियारको ठहर छ।

यसैबीच अख्तियारले पौडेलसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध पनि आइतबारै भ्रष्टाचार मुद्दा दाय गरेको छ। विकलले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको अख्तियारीको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS