काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज १२.२९ अंकले बढेर १९८४.४३ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ६३ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ६ वटाको कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता शेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः १० करोड २१ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ७ करोड ८८ लाख रुपैयाँ
- पिपुल्स पावरः ७ करोड १९ लाख रुपैयाँ
- रुरु जलविद्युतः ६ करोड ८८ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ६ करोड ६५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५ करोड ६४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५५ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ५ करोड २६ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः ४ करोड ७२ लाख रुपैयाँ
- सूर्यज्योति लाइफ इन्स्योरेन्सः ४ करोड ३३ लाख रुपैयाँ