IME Life New

किन्नै नसकिने भयो सुन, अझै कति बढ्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा सुनको भाउ लगातार बढिरहेको छ। नेपाल र भारतमा सुनको भाउ अल टाइम हाईमा छ। नेपाली बजारमा आज बुधबार प्रतितोला सुन १ लाख ३३ हजार रुपैयाँ छ। सुनको भाउ अचाक्ली बढेपछि बजारमा सुनको माग घट्न थालेको छ। अहिले सुन पसलमा किन्नेभन्दा पनि बेच्न जाने ग्राहक बढेको व्यवसायीहरु बताउँछन्।

सुनको भाउ बढे पनि बजारमा माग भने कम रहेको छ। ‘बजारमा सुनको भाग कम तर अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकोले यहाँ पनि बढेको हो’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने। अहिले बैंकले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था रहेको छ। ‘बजारबाट भने १० किलोको हाराहारीमा मात्रै सुन बिक्री छ’, अध्यक्ष शाक्यले भने, ‘बैंकमा सुन थुप्रिएको छ।’

Esewa
Crest

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २२० डलरमा कारोबार भइरहेको छ। आउँदो डिसेम्बरमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुको अनुमान छ।

सुन प्रतिऔँस ३ हजार डलर पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँसम्म पुग्न सक्छ। १ औंसबराबर २.४३ तोला हुन्छ। सुन आयात गर्दा लाग्ने कर जोड्दा प्रतितोला १ लाख ६५ हजार रुपैयाँसम्म पुग्ने अनुमान सुन व्यवसायीहरुको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर नघटाउनु, विश्वका केन्द्रीय बैंकहरुले सुनको खरिद बढाउनु, रुस–युक्रेन युद्ध, विश्वका विभिन्न देशमा मन्दी देखिनु र अमेरिकी डलर कमजोर  बन्दै जानुले सुनको भाउ बढेको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको ठूला क्रेता भनेको विभिन्न देशको रिजर्भ बैंकहरु नै हुनु। उनीहरुले सुनको होल्डिङ बढाउँदै लगेको छन्। यो उनीहरुको बाध्यता र आवश्यक पनि हो।

अहिले विदेशी बैंकहरुलाई नियमन गर्ने स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय निकायले बैंकहरुले नोट निकाल्दा क्लियर वान एसेस्टका रुपमा सुन राख्नुपर्ने प्रावधान राखेको छ। क्लियर वान एसेस्टका रुपमा अमेरिकी डलर र बन्ड राख्नुपर्ने व्यवस्था थियो। सुन क्लियर थ्री एसेस्टका रुपमा थियो। तर, उक्त निकायले नयाँ नोट निष्कासन गर्दा अनिवार्य रुपमा सुन राख्नुपर्ने निर्देशन दिएको छ। अर्थात सुनलाई क्लियर वान एसेस्टमा राखिएको छ ।  सोही कारणले बैंकहरुले सुनको होल्डिङ बढाएका छन्।

अहिले अमेरिकी डलरको क्रेडिबिलिटी घट्दै गएकोले सुनलाई क्लियर वानको सूचीमा राख्न उक्त निकायले विदेशी बैंकहरुलाई निर्देशन दिएको हो ।

अर्कोतर्फ सुन लगानीका लागि सुरक्षित क्षेत्र हो। अहिले विश्वका विभिन्न देशमा मन्दी देखिएकोले अन्य क्षेत्रमा भन्दा सुनमा लगानी गर्नेहरु बढेका छन्। यही कारण सुनको माग बढ्दा भाउ पनि लगातार बढिरहेको विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS