काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २,७३४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १४ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविद्युतका लगानीकर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । खानीखोलाका लगानीकर्ताले ५ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।













