IME Life New

निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै स्टार माइक्रो इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संघ-संस्थाको सुविधालाई मध्यनजर गर्दै कम्पनीले चैत २७ गतेबाट निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत चारदिने तालिम सञ्चालन गर्न लागेको हो।

तोकिएको शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्थाहरुले रु. ५०० स्टार माइक्रो इन्स्योरेन्सको ग्लोबल आइएमई बैंक लिमिटेड (कमलादी शाखा) को खाता नं. ३०१०१०१०००४५५८ मा जम्मा गरी सक्कल भौचरसहित काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयहरुमा चैत २५ गतेभित्र सम्पर्क गर्न सक्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

Esewa
Crest

बीमा अभिकर्ताका लागि शैक्षिक योग्यताः न्यूनतम एसएलसी वा सोसरह उतीर्ण ।

व्यक्तिगत बीमा अभिकर्ताहरुका लागि आवश्यक कागजात

  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकता (नोटरीसहित) को प्रतिलिपि ।
  • पासपोर्ट साइजको फोटो ४ प्रति ।
  • स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरी व्यक्तिगत विवरण फारम ।

संस्थागत बीमा अभिकर्ताका लागि आवश्यक कागजातहरु

  • संस्थागत अभिकर्ता लिन चाहने सम्बन्धित संस्थाको निवेदन (सञ्चालकको फोटो र हस्ताक्षर) ।
  • सञ्चालककको नियुक्ति र पदावधि मिति ।
  • सञ्चालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता (कम्तीमा एसएलसी उतीर्ण) (नोटरीसहित) को प्रतिलिपि ।
  • प्यान दर्ता, करचुक्ता प्रमाणपत्र, कम्पनी रजिस्ट्रारको प्रमाणपत्र, नेपाल राष्ट्र बैंक/सहकारी डिभिजन/घरेलु/वाणिज्य÷अन्य दर्ता प्रामाणपत्र, नियमावली प्रबन्धपत्र, प्रबन्धपत्रको उद्देश्यमा बीमा अभिकर्ता भई कार्य गर्ने उल्लेख भएको र नियमावलीमा सञ्चालकको पदावधि उल्लेख भएको कागजातहरु (नोटरीसहित) पेस गर्नुपर्नेछ ।

तालिम सञ्चालन मितिः २०८०/१२/२७ देखि २०८०/१२/३० गतेसम्म

तालिम समयः बिहान १० बजेदेखि

तालिम स्थानः काठमाडौंको दरबारमार्गस्थित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रादेशिक कार्यालय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS