IME Life New

अब लुम्बिनी प्रदेशमा पनि अभिकर्ताको अनलाइन परीक्षा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलोपटक लुम्बिनी प्रदेशमा पनि जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा हुने भएको छ। नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले एक सूचना प्रकाशित गरी अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। अनलाइन परीक्षा चैत २० गते मंगलबार विहान ११ बजेबाट दिउँसो १२ः३० सम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्।

काठमाडौंबाहिर तेस्रो स्थान लुम्बिनी प्रदेश कार्यालयबाट अभिकर्ता अनलाइन परीक्षा हुने भएको हो। यसअघि बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर र गण्डकी प्रदेशले अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गरेको थियो।

Esewa
Crest

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता ९अभिकर्ता०हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS