IME Life New

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजनाको नाम सर्टलिस्ट, भित्रकै दुईजना पर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम आइतबार सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

Esewa
Crest

आवेदन दिएका धितोपत्र बोर्ड कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी, नेप्सेकी उपमहाप्रबन्धक प्रवीण पन्दाक, डा विमलकुमार तिवारी, डा गोपालप्रसाद भट्ट, डा रघुराज काफ्ले, डा केवशप्रसाद श्रेष्ठ, सूर्यप्रसाद अधिकारी, सीताराम थपलिया, रामकृष्ण खतिवडा, मुक्ति अर्याल, खगेन्द्र कटुवाल र रामदेव यादव भने पहिलो चरणबाट बाहिरिएका छन्।

अब समितिले सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता लिनुका साथै कार्ययोजना प्रस्तुतीकरण लिनेछ। त्यसपछि ३ जनाको नाम छनोट गरी समितिले अर्थ मन्त्रालयमा पेस गर्नेछ। अनि अर्थ मन्त्रालयले ती ३ जनामध्ये एकजनाको नाम धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद् सिफारिस गर्नेछ। मन्त्रालयकै सिफारिसका आधारमा मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति गर्नेछ।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त रहेको छ। सिफारिस समितिले गत फागुन १६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS