IME Life New

‘दाबी भुक्तानी प्रक्रिया सरल बनाई बीमाको विश्वासनीयता बढाउनुपर्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय क्षेत्र तथा गैर सरकारी संस्थासँग बीमा समबन्धी छलफल गरेको हो । कार्यक्रम नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाको सभापतित्वमा भएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका लुम्बिनी प्रदेश प्रमुख शतेन्द्र राज सुवेदी रहेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका क, ख र ग बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख र निर्जीवन बीमा कम्पनीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा बीमा प्राधिकरण, लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले बीमा प्राधिरकणको सामान्य जानकारी तथा प्राधिरकणले बैंकिङ क्षेत्रबाट गरिएको अपेक्षाको विषयको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका लुम्बिनी प्रदेश प्रमुख शतेन्द्र राज सुवेदीले दाबी भुक्तानी प्रक्रिया सरल बनाई बीमाको विश्वासनीयता बढाउनुपर्ने, बीमाको दायरा बढाएर कम दररेटमा बीमितहरुलाई सुलभ दररेटमा बीमा सेवा दिनुपर्ने, बीको विश्वासनीयता बढाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्नुपर्ने, बैंकबाट ऋण लिएका वा ऋण नलिएका ऋणीको सम्पत्तीको स्वत रुपमा बीमा गर्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख तथा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दिपक नेपालले मोटर बीमा र सामुन्द्रीक बीमाका प्रस्ताव फारम, ग्राहक परिचय पत्र, बीमालेखले रक्षावरण गर्ने जोखि र दाबी भुक्तानीका लागि आवश्यक कागजातको बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख शंकर श्रेष्ठले सम्पत्ती बीमाका फारम,ग्राहक परिचयपत्र, बीमालेखले रक्षावरण गर्ने जोखि र दाबी भुक्तानीका लागि आवश्यक कागजातको विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सहभागिहरुले मोटर बीमामा जेरो डिप्रिसिएसन बीमालेख लागू गर्नुपर्ने, दाबी भुक्तानीमा क्यासलेस सेटलमेन्टको व्यवस्था गर्नुपर्ने, सम्पत्ती बीमामा बीमांक रकम कम वा बढी राख्दा हुने असरहरुको विषयको जानकारी बीमालेखमा समावेश गर्नुपर्ने, मोटर बीमालेख समय सापेक्ष परिमार्जन गरी लागू गर्नुपर्ने, बीमित सम्पत्तीको जानकारी बीमा सूचना केन्द्र मार्फत प्राप्त हुने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS