IME Life New

कृषि विकास बैंकमा ११२ जनालाई जागिरको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले शाखा प्रमुखदेखि लिएर लेखापालसम्मका लागि ११२ जना कर्मचारी खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले अधिकृत स्तरमा शाखा प्रमुख २ जना, वरिष्ठ लेखाअधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आईटी इन्जिनियर १ जना र कर्जा अधिकृत ६ जनाका लागि दरखास्त खुलाएको छ।

Esewa
Crest

यसैगरी बैंकले सहायक स्तरमा व्यवसाय सहायक १६ जना, कानुन सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवार यी पदहरुमा फागुन ११ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था थियो । दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। उम्मेदवारहरुको छनौट लिखित परीक्षा र अन्तर्वार्ताबाट हुने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS