काठमाडौं । लोकसेवा आयोगले धेरै संख्यामा कर्मचारी दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्र अंकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र, खुल्ला र समावेशी प्रतियोगिता परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको हो ।
आयोगले न्याय र प्रशासन सेवा अन्तर्गत पदपुर्ति गर्न लागेको हो । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनसक्ने छन् । ईच्छुक आवेदकले फागुन ३० गतेदेखि चैत २० गतेसम्म आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुरमा भने चैत २८ गतेसम्म आवेदन दिन पाइनेछ ।
दरखास्त दस्तुर ५०० रुपैयाँ लागने जनाइएको छ । परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुनेछ ।