IME Life New

अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या ११ हजार नाघ्यो, अब कहिले हुँदैछ परीक्षा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या ११ हजार नाघेको छ ।

हालसम्म ११ हजार ३ सय बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। फागुन २४ गते विहानसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १० हजार ३९७ जना पुगेका छन् ।

Esewa
Crest

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

अब प्राधिरकणले फागुन २८ र २९ गते परीक्षा संचालन गर्ने भएको छ । भोलि विहान ८ः३० बजेबाट १० बजेसम्म र फागुन २९ गते विहान ११ बजेबाट दिउँसो १२ः३० बजेसम्म संचालन गर्ने भएको छ । यो परीक्षामा नेपालभरीबाट सहभागि हुन सकिने व्यवस्था गरेको प्राधिकरणले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS