IME Life New

यस्तो छ ‘राष्ट्रिय बीमा नीति’ (पूर्णपाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रलाई मार्गदर्शन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरिसकेको छ। मन्त्रिपरिरषदको मंसिर २२ गते बैठकले राष्ट्रिय बीमा नीति स्वीकृति गरेको थियो।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागि बीमा नीति जारी गरिने घोषणा गरेको थियो। बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकारअन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी नेपाल सरकारसमक्ष सिफारिस गर्ने प्रावधानअनुसार प्राधिकरणले नीतिको मस्यौदा तयार पारेको थियो। आमनेपाली समक्ष बीमाको दायरा बिस्तार गर्ने र सर्वसुलभ ढंगले बीमाको पहुँच पुर्याउने नीतिको मुख्य उद्देश्य रहेको छ।

Esewa
Crest

यो नीतिको कार्यान्वयनको सुपरिवेक्षण अर्थ मन्त्रालयले र कार्यान्वयनको सुनिश्चितता बीमा प्राधिकरणले गर्नेछ। बीमाको पहुँच विस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगलगायतका विषय बीमा नीतिमा समेटिएका छन्।

दीर्घकालीन लक्ष्य, मुख्य उद्देश्य र विशेष उद्देश्य परिभाषित गरिएका छन्। यसका साथै निर्दिष्ट उद्देश्यहरु प्राप्तिका लागि अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा पनि बीमा नीतिमा समावेश गरिएको छ।

हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, २ वटा पुनर्बीमा र ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन्। स्वामित्व संरचनाका आधारमा मुलुकमा सरकारी, निजी, विदेशी शाखा संयुक्त लगानी गरी ४ प्रकारका बीमा कम्पनी सञ्चालनमा छन्। वैदेशिक लगानी रहेको बीमा कम्पनीको संख्या जीवन बीमा २ वटा र निर्जीवन बीमा ३ वटा रहेका छन्। हाल करिब ४४ प्रतिशत जनसंख्यामा बीमाको दायरा विस्तार भएको छ।

राष्ट्रिय-बीमा-नीति

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS