काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र सूचिकृत भएको छ । नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नबिल बैंकको ३० लाख इकाई ऋणपत्र सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/12/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)