IME Life New

बैंकिङ कसुरमा प्रभु बैंकका डेपुटी सीईओसहित १० जना सीआईबीको फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र साबिकको सञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न स्थानमा मंगलबार न्यौपाने र गौतमसहित १० जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो। ‘बैंकिङ कसुरमा उहाँहरुलाई पक्राउ गरिएको हो’, स्रोतले भन्यो, ‘हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ।’

Esewa
Crest

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबी कमसल धितो राखी कर्जा प्रवाह गरेको विषयमा अनुसन्धान गरिरहेको थियो। साबिकको सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरुमाथि रहेको सीआईबीले जनाएको छ। प्रभुमा सेञ्चुरी बिलय भइसकेको छ। तत्कालीन सेञ्चुरी बैंकमा न्यौपाने सीईओ थिए। प्रभुमा गाभिएपछि उनी डेपुटी सीईओ थिए।

सेञ्चुरी बैंकमा न्यौपाने सीईओ हुनुअघि गौतम सीईओ थिए। देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारीको मिलेमतोमा न्यौपाने र गौतमलगायतले कमिसन लिएर कमसल धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई ठूलो आर्थिक क्षति पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS