IME Life New

५६ औं वार्षिकोत्सव विशेषांकका लागि लेखरचना संकलन गर्दै प्राधिकरण, लेखकलाई पारिश्रमिक समेत दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५६ औ‌ं वार्षिकोत्सव विशेषांकका लागि इच्छुक लेखकहरुबाट बीमा तथा वित्तीय क्षेत्र सम्बन्धमा लेख रचनाहरु मागेको छ। प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गर्दै ५६ औं  वार्षिकोत्सवका अवसरमा विशेषांकमा बीमा, बैंक वित्त, पूँजी बजार, व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित लेख रचनाहरु प्रकाशन गर्न लागिएको जानकारी दिएको छ।

प्राधिकरणले तोकिएका क्षेत्रसँग सम्बन्धित तथ्य परक तथा विश्लेषणात्मक लेख रचना कम्तीमा २ हजार शब्दमा नेपाली वा अंग्रेजी भाषामा लेखेर युनिकोड वा टाइम्स न्यु रोमन फण्टमा तयार पारेर आउँदो चैत्र मसान्तसम्ममा उपलब्ध गराउन अनुरोध गरेको छ। प्राधिकरणले आगामी जेठ १ गते ५६ औं वार्षिकोत्सव मनाउँदैछ।

Esewa
Crest

इच्छुक व्यक्तिलाई  [email protected] वा  [email protected] वा [email protected] वा  [email protected] इमेल ठेगानामा लेख रचना पठाउन प्राधकरणले अनुरोध गरेको छ। विशेषांकमा प्रकाशनका लागि छनौटमा पर्ने लेख रचनावापत लेखकलाई प्राधिकरणले पारिश्रमिक समेत दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS