IME Life New

फागुन १८ गतेसम्म संचालन हुने अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज फागुन १४ गतेदेखि फागुन १८ गतेसम्म हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम फागुन १८ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले आज फागुन १४ गते सोमबार साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १५ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १६ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १७ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै, फागुन १८ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ः३० बजेबाट दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्ट दिउँसो ३ः१५ बजेबाट ४ः४५ बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS