IME Life New

२६ बीमा कम्पनीमध्ये मार्जिन कारोबारका लागि १७ वटामात्रै योग्य, अरु किन परेनन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार सार्वजनिक गरेको मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूचीमा १७ वटामात्रै बीमा कम्पनीहरु परेका छन्।

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११२ कम्पनीहरुको सूची सार्वजनिक गरेको थियो। जसमा २६ वटा सूचीकृत बीमा कम्पनीमध्ये ९ निर्जीवन बीमा कम्पनी, ७ जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी पर्न सफल भएका हुन्।

Esewa
Crest

मार्जिन कारोबारयोग्य कम्पनीहरुमा जीवन बीमातर्फ एशियन लाइफ, हिमालयन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेसनल लाइफ, नेपाल लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफ परेका छन्। निर्जीवनतर्फ हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेको, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ प्रिमियर र नेपाल इन्स्योरेन्स मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूचीमा पर्न सफल भएका छन्। यो सूचीमा नेपाल पुनर्बीमा कम्पनी पनि परेको छ।

नेप्सेको सुपरिवेक्षण विभागका अधिकृत सन्तोषक आचार्यले कार्यविधिअनुसार कम्तीमा १० हजार शेयरधनी भएका, आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापुँजीभन्दा कम नरहेको र पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेका कम्पनीहरु मार्जिन कारोबारयोग्य हुने व्यवस्था रहेको बताए।

आइएमई लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफ तथा हिमालयन रिइन्स्योरेन्सको दोस्रो बजारमा कारोबार खुलेको ६ महिना नपुगेकोले मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा नपरेको आचार्यले बताए। सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले हालसम्म लाभांश वितरण नगरेकोले यो सूचीमा नपरेको उनले जानकारी दिए।

त्यस्तै तीन विदेशी कम्पनीहरु मेट लाइफ, ओरियन्टल र नेशनल इन्स्योरेन्स बीमा कम्पनी तथा राष्ट्रिय जीवन बीमा कम्पनी नेप्सेमा सूचीकृत छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS