IME Life New

नयाँ ब्राण्ड कलर र लोगो लिएर आउँदै यति एयरलाइन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सलाई व्यवसायीक साझेदार बनाएको घरेलु वायू सेवा कम्पनी यति एयरलायन्सले ब्राण्ड कलर  र ब्राण्ड लोगो परिवर्तन गर्ने भएको छ। २५ वर्ष पुरानो यो कम्पनीले अझ परिस्कृत र सुधारिएको सेवा सहित नयाँ ब्राण्ड कलर र लोगो सहित यात्री माझ सेवा दिने भएको हो ।

कम्पनीको उच्च व्यवस्थापनका अनुसार बंगलादेशबाट खरिद गरेर ल्याइएको जहाजलाई समेत नयाँ ब्राण्ड कलरमा रङ्गाउने योजनाका कारण हाललाई अस्थायीरुपमा मात्र यति एयरको नाम र लोगो प्रयोग गरिएको छ। ‘पुरै जहाजको बाहिरी आवरणमा एक पटक रङरोगन गर्दा वजनको कारण एक यात्रु वहन क्षमता कटौती गर्नुपर्छ’, यति एयरका एक उच्च पदस्थ अधिकारीले इन्स्योरेन्स खबरसँग भने,’अनावश्यकरुपमा यात्रु सिट क्षमता कटौती हुने भएकाले हामी सिधै नयाँ ब्राण्डिङमा लैजाने योजना छ।’

Esewa
Crest

एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीलाई प्रतिबिम्बित गर्ने उद्देश्यले पनि नयाँ ब्राण्डिङ गर्न लागिएको कम्पनीको भनाई छ। यति एयर लाइन्समा एशियन लाइफ इन्स्योरेन्सले करिब ४९ प्रतिशत शेयर लगानी गरेको छ।

१५ वर्ष पुरानो ७२ सिटे एटिआर विमान जहाज एटिआर विमान उत्पादक कम्पनीबाट बाहिरिएयता जति पटक किनबेच भएर खरिदकर्ता कम्पनीले ब्राण्डिङका लागि रङरोगन गर्छ उति पटक जहाजको यात्रु वहन क्षमता १ सिटका दरले घट्दै जान्छ । अर्थात् १५ वर्ष अघि उत्पादन गरिएको कुनै हवाई जहाज १५ औं वर्षमा आएर पाँचौं कम्पनीले खरिद गरेर आफ्नो ब्राण्डिङ गरेको छ भने जहाजमा ४ वटा सिट सधैं खाली राख्नुपर्ने हुन्छ। किनकी उत्पादकभन्दा बाहिर गएर भएको चार पटकको किनबेचमा प्रत्येक पटक रङ्गाउँदा पेण्टको पत्रले जहाजको भार बढाउँदै जाँदा  १-१ वटाका दरले जहाजको यात्रु बहन क्षमता घट्दै गएको हुन्छ।

यति एयरलायन्ससँग हाल ७ वटा एटिआर विमान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS