IME Life New

अघि बढ्यो नेपाल बैंकको एफपीओ प्रक्रिया, कसलाई रोज्यो बिक्री प्रबन्धक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १६ । नेपाल बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन प्रक्रिया अगाडि बढाएको छ । बैंकले प्रिमियम मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

नेपाल बैंकले सरकारको सेयर स्वामित्व कम गर्नका लागि सेयर जारी गर्न लागेको हो । हाल ६२ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल बैंकमा एफपीओ निष्कासनपश्चात ५१ प्रतिशतमा सीमित हुनेछ ।

Esewa
Crest

प्रिमियमा एफपीओ निष्कासन गर्ने भनिएपनि कति प्रिमियम राख्ने भन्ने तय भइनसकेको बैंकले जनाएको छ ।

सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे ।

बैंकको गत माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले एफपीओ निष्कासन प्रस्ताव गरेको थियो भने बैंकको फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS