IME Life New

भारतमा आइपीओको बाढीः ६ वर्षयताकै धेरै सार्वजनिक निष्कासन, अमेरिका र चीन पनि परे पछि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले भारतीय अर्थतन्त्र तीव्रगतिमा अगाडि बढिरहेको छ। भारतको आर्थिक वृद्धिदरको अगाडि अमेरिका र चीन पनि पछि परेका छन्।

गत वर्ष २०२३ मा भारतमा यति धेरै आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) आए कि विश्व कीर्तिमान नै बनेको छ। यति धेरै आइपीओ विश्वको कुनै पनि देशमा आएका छैनन्। यो रिपोर्ट विश्वव्यापी व्यावसायिक सेवा संगठन ईवाई इन्डियाले सार्वजनिक गरेको हो।

Esewa
Crest

यदि भारतका दुई प्रमुख स्टक बजार बीएसई र एनएसईको डाटालाई हेर्छौं भने वर्ष २०२३ को चौथो त्रैमासमा कुल ३१ आइपीओ आएका थिए। यो उक्त वर्षको तेस्रो त्रैमासिकको तुलनामा ४१ प्रतिशत बढी र २०२२ को सोही त्रैमासिकको तुलनामा ७२ प्रतिशत बढी हो।

वर्ष २०२३ भरि भने एसएन्डपी ग्लोबल मार्केट इन्टेलिजेन्स डाटाअनुसार कुल २४३ कम्पनी भारतीय शेयर बजारमा सूचीबद्ध भएका थिए। जुन ६ वर्षयताकै उच्च हो। वर्ष २०२३ मा आइपीओको कुल रकम ७ अर्ब १० करोड डलर थियो। जुन २०२२ को तुलनामा भने ९ प्रतिशतले कम हो।

सन् २०२२ मा भारतको केन्द्र सरकारले मात्रै भारतीय जीवन बीमा निगम (एलआईसी) जस्ता ठूला कम्पनीको आइपीओबाट २०५ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको थियो। संख्याका हिसाबले २०२३ मा शेयर बजारमा सूचीकृत हुने कम्पनीको संख्या १ वर्षअघिको तुलनामा ६५ प्रतिशतले बढेको छ।

सन् २०२३ मा विश्वका अन्य प्रमुख बजारमा आईपीओ निष्कासन सुस्त रह्यो। प्रतिवेदनले विश्वव्यापी रुपमा २०२३ मा आइपीओहरुको संख्या १५ प्रतिशतले घटेर १ हजार ४२९ पुगेको र कुल कारोबार मूल्यमा ठूलो ३३.६ प्रतिशतले गिरावट आएको उल्लेख छ।

सन् २०२३ मा आइपीओ आयको सन्दर्भमा भारत विश्व शेयर बजारमा तेस्रो स्थानमा रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS