IME Life New

बैंकिङ क्षेत्र सक्षम र सबलः राष्ट्र बैंक, ‘सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गरेको छ। केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।

बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रुपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

Esewa
Crest

राष्ट्र बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति तथा समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जनाएको छ। ‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुरÞ्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ।’

सोहीबमोजिम बैंक तथा वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरुसमेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा राष्ट्र बैंकबाट नियमित रुपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष र कर्जा–निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरु राष्ट्र बैंकको निर्देशनअनुरुप नै रहेको विज्ञप्तिमा दाबी गरिएको छ। कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS