IME Life New

कसरी मन्दीमा फस्यो बेलायत ? यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वको छैटौँ ठूलो अर्थतन्त्र बेलायत मन्दीमा फसेको छ। बेलायतको जीडीपी वृद्धि लगातार दुई त्रैमासिकमा घटेको छ। अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ०.३ प्रतिशतले गिरावट आएको थियो भने यसअघि जुलाई–सेप्टेम्बरको त्रैमासिकमा पनि घटेको थियो।

बेलायतको सरकारी तथ्यांकका अनुसार यसको कारण जनताले कम खर्च गरिरहेका छन्। यसका साथै डाक्टरको हडताल र विद्यालयमा बालबालिकाको न्यून उपस्थिति पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको छ।

Esewa
Crest

सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.१ प्रतिशतले बढेको थियो। जुन सन् २००९ पछि बेलयात अर्थतन्त्रको सबैभन्दा कमजोर प्रदर्शन रह्यो। बेलायत आर्थिक मोर्चामा दबाब सामना गर्ने एकमात्र देश होइन। युरोपेली संघ पनि २०२३ को दोस्रो त्रैमासिकमा जेनतेन मन्दीबाट बच्न सफल भएको छ भने जापान पनि मन्दीमा फसेको छ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको अन्तिम ६ महिनामा धेरै कारणले देशको अर्थतन्त्रमा संघर्ष गर्नुपर्ने जनाएको छ। नोभेम्बरमा धेरै किनमेल गर्न र डिसेम्बरमा कम किनमेल गर्न मानिसले ब्ल्याक फ्राइडेको फाइदा उठाए। त्यसैगरी कनिष्ठ चिकित्सकको हड्तालका कारण स्वास्थ्य क्षेत्रमा असर परेको छ भने विद्यालयको उपस्थितिमा १ प्रतिशतले गिरावट आएको छ। तथ्यांकअनुसार गत वर्षको अन्तिम तीन महिनामा निर्माण तथा उत्पादनलगायत सबै मुख्य क्षेत्रमा गिरावट आएको छ।

बेलायत विश्वको छैठौं ठूलो अर्थतन्त्र हो। फोर्ब्सका अनुसार अमेरिका २७.९७४ ट्रिलियन डलरको साथ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। १८.५६६ ट्रिलियन डलरका साथ चीन दोस्रो स्थानमा छ। जर्मनी हालै जापानलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ। यसको अर्थतन्त्रको आकार ४.७३० ट्रिलियन डलर छ। जापान ४.२९१ ट्रिलियन डलरसहित चौथो स्थानमा झरेको छ। यस सूचीमा भारत ४.११२ ट्रिलियन डलरको साथ पाँचौँ स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS