IME Life New

एनआइसी एशियामा व्यक्तिगत कर्जा दिएर खराब कर्जाको एभरग्रिनिङ, एउटैलाई ८० लाखसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जाको हिस्सा बढ्दै गएको एनआइसी एशिया बैंकले खराब कर्जालाई राष्ट्र बैंकले तोकेको मापदण्ड भित्रै सीमित राख्नका लागि अन्य शिर्षकबाट ऋण प्रवाह गरेर ब्याज असुली गरेको छ। एनआइसी एशिया बैंकले आफ्नो ऋणीलाई बिना धितो प्रोफेशनल लोन उपलब्ध गराएर ब्याज वापतको रकम भुक्तानी गर्न सहज बनाई दिएर खराब कर्जालाई ग्रिनिङ अर्थात् हरित वा असल कर्जाको रुपमा लेखांकन गरेको हो ।

बैंक स्रोतले दिएको जानकारी अनुसार कर्जाको ब्याज तिर्न असमर्थ ऋणीको नाताका अन्य कुनै व्यक्ति वा कम्पनीका कुनै कर्मचारीको नाममा प्रोफेशनल लोन( जागिरे कर्जा) प्रवाह गरिएको छ। यो कर्जा अन्तर्गत बैंकको ग्राहकले बिना धितो १५ लाख रुपैयाँसम्म ५ वर्षे अवधिका लागि कर्जा सुविधा उपभोग गर्न पाउँछ । बैंक सम्बद्ध श्रोतले भन्यो, एउटै ग्राहकको सुविधाका लागि फरक फरक व्यक्तिको नाममा ८० लाख रुपैयाँसम्मको कर्जा रकम उपलब्ध गराइएको छ। यस्तो रकम सम्बन्धित ऋणीलाई उपभोग गर्न नदिई पुरानो कर्जाको ब्याज भुक्तानी गर्न प्रयोग गरिएको छ।

Esewa
Crest

जागिरे कर्जा वा पेशागत कर्जाका लागि नियमित आम्दानी हुने वा तलबी कर्मचारी हुनु आवश्यक हुन्छ। आफ्नो आम्दानीको नियमित श्रोत पुष्टी गर्न सक्ने व्यक्तिले बिना धरौटी १३ महिनाको तलब बराबरको रकम वा १५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ त्यति बराबरको रकम आवधिक कर्जाको रुपमा उपभोग गर्न सक्छन् । एनआइसी एशियाले कर्जालाई एभर ग्रिनिङ गर्नका लागि आम्दानीको श्रोत पुष्टी हुने कागज प्रमाणको अभावमै पनि ऋण प्रवाह गरिदिएको छ।

यसअघि कोरोना महामारीका समयमा आफ्ना ऋणीले कर्जाको ब्याज भुक्तानी गर्न नसकेपछि एनआइसी एशियाले महिला उद्यमी कर्जाको आवरणमा ऋणीलाई सस्तो दरमा कर्जा उपलब्ध गराएर पुरानो कर्जाको ब्याज भुक्तानी गर्न सहज बनाएको थियो । महिला उद्यमशिलता प्रवर्द्धनका लागि राष्ट्र बैंकले ५ प्रतिशत वार्षिक ब्याज दर सुविधामा यो कर्जाको अवधारणा ल्याएको भएपनि बैंककै कर्मचारीको सुझावमा यस्तो कर्जा सुविधाको दुरुपयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

20%
sad

दु :खी

5%
amazed

अचम्मित

15%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS