IME Life New

काठमाडौंका सिडिओले माइतीघर मण्डलामा प्रदर्शन गर्न फेरी किन लगाए रोक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघर सहितका क्षेत्रमा सभा सम्मेलन र प्रदर्शनमा लगाएको रोकलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासनले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै (माइती घर समेत), राष्ट्रपति निवास लाजिम्पाट,  उपराष्ट्रपति निवास क्षेत्र लैनचोर स्काउट भवन, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र नयाँ बानेश्वर संसद भवन क्षेत्रमा सभा सम्मेलन, जुलुस भेला प्रदर्शन गर्न रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी सूचनामा सिंहदरबार क्षेत्र अन्तर्गत परिभाषित गरिएको  माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थादेखि सिंहदरबार परिसर पुरै र भद्रकाली मन्दिर क्षेत्रसम्मै प्रदर्शन सभा सम्मेलन तथा नारा जुलुस गर्न नपाइने भएको छ। यसैगरी बानेश्वरमा प्रतिनिधि सभा भवन परिसर बाहिरको क्षेत्रसँगै बानेश्वर चोकको सर्भिस ट्रयाक अर्थात् सार्वजनिक बस गुड्ने लेनको ७५ मिटर क्षेत्रसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

Esewa
Crest

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) को प्रावधान बमोजिम शनिबार देखि लागू हुने गरी दुई महिना अवधिका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ।

झापाका व्यापारी दुर्गा प्रसाईंले बैंकविरुद्ध धावा बोल्दै आफ्ना समर्थकहरुलाई काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने तयारी गरेको जानकारीका आधारमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रसाईंले विशेषगरी एनआइसी एशिया बैंकले ऋणीहरुलाई अनावश्यक पीडा दिएको र ठगी गरेको भन्दै बैंक विरुद्ध प्रदर्शनमा उत्रिनका लागि आफ्ना समर्थकलाई आह्वान गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि मंसिर ५ गतेदेखि ३० दिन अर्थात् एक महिना अवधिका लागि माइती घर क्षेत्रमा प्रदर्शनमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेको थियो । एमाले कार्यकर्ता महेश बस्नेत र झापाका व्यापारी दुर्गा प्रसाईं नेतृत्वको समूहले कात्तिक ७ गते एकै स्थान र एकै समय पारेर विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि संभावित मुठभेडलाई टार्न स्थानीय प्रशासन कार्यालयले ३० दिनको अवधिका लागि रोक लगाएको थियो । त्यसयता माइती घर क्षेत्रमा विरोध प्रदर्शनका कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS