IME Life New

१० कम्पनी जसले नेप्से परिसूचकलाई सर्वाधिक प्रभाव पार्छन् (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  केही दिन अघि अन्तिम समयमा नेपाल टेलिकमको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा एक्कासी नेप्से परिसूचक नै वृद्धि भयो । नेपालको दोश्रो बजार मापक नेप्से परिसूचक बजार पुँजीकरणको आधारमा गणना हुने हुँदा ठूलो  पुँजीकरण भएका शेयरमा हुने उतारचढावले समग्र नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्छ भने थोरै पुँजीकरण भएका कम्पनीको शेयर मूल्यमा भएको उतारचढावले थोरै मात्र असर गर्ने गर्छ ।

नेप्सेमा कारोबार हुने कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बजार पुँजीकरण सर्वाधिक छ । माघ २५ गतेको तथ्यांक अनुसार नेपाल  टेलिकमको पुँजीकरण १ खर्ब ५९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।  नेपाल  टेलिकमको मूल्य उतारचढावले अन्य कम्पनी भन्दा नेप्से परिसूचकमा धेरै असर गर्ने गर्दछ ।

Esewa
Crest

त्यस्तै, दोश्रोमा सर्वाधिक पुँजीकरण भएको कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको पुँजीकरण  १ खर्ब २८ अर्ब ९२ करोड रहेको छ । त्यस्तै तेश्रोमा नागरिक लगानी कोषको पुँजीकरण १ खर्ब १२ अर्ब १२ करोड रहेको छ ।

चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण १ खर्ब १ अर्ब ३५ करोड रहेको छ । अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको पुँजीकरण पनि शिर्ष १० भित्र रहेको छ ।  हिमालयन रिइन्स्योरेन्स पुँजीकरणको हिसाबले सातौ स्थानमा रहेको छ ।  त्यसैले पुनर्बीमा क्षेत्रमा आएका केही समाचारले पनि नेप्से परिसूचकलाई नै असर गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

21%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS