IME Life New

बीमकले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्नुपर्ने व्यवस्था ल्याइँदै, ग्राहकको डिजिटल अकाउन्ट अनिवार्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइलाइन, २०८०’को मस्यौदा तयार पारेको छ।

बीमकहरुबाट हुने गतिविधिलाई पारदर्शी र प्रविधियुक्त बनाउनका लागि प्राधिकरणले यो मार्गदर्शनको मस्यौदा तयार पारेको हो। डिजिटल माध्यमबाट इन्स्योरेन्स प्रडक्टको प्रवर्द्धन तथा पोलिसी खरिदबिक्री गर्नका लागि यो मार्गदर्शन लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ।

Crest

अब जीवन र निर्जीवन बीमक तथा लघु जीवन र निर्जीवन बीमकले डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ। बीमकले ग्राहकको डिजिटल इन्स्योरेन्स अकाउन्ट खोली डिजिटल माध्यमबाट पोलिसी खरिदबिक्री गर्नुपर्ने प्रस्ताव पनि मार्गदर्शनमा गरिएको छ। यसका लागि बीमकले ग्राहकको अकाउन्ट खोलेर युजर नेम र पासवर्ड उपलब्ध गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ।

डिजिटल अकाउन्ट खोलेपछि नियामकले मापदण्डअनुसार ग्राहकको केवाईसी अद्यावधिक गर्नुपर्ने अनिवार्यता मार्गदर्शनमा गरिएको छ। ग्राहक डिजिटल अकाउन्टको नम्बर युनिक हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ। यसका लागि ग्राहकको ई–मेल आईडी वा मोबाइल नम्बर अनिवार्य रहेको मार्गदर्शनमा उल्लेख छ।

यसैगरी नियामक स्वीकृत गरेबमोजिम बीमकले डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्न ई–प्रपोजल तयार गर्नुपर्ने मार्गदर्शनमा प्रस्ताव गरिएको छ। ई–प्रपोजलमा अभिकर्ताको पूर्ण विवरण पनि समावेश गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

यसैगरी डिजिटल इन्स्योरेन्स अकाउन्टमार्फत हुने पोलिसी बिक्री तथा नवीकरणको भुक्तानी पनि विद्युतीय माध्यमबाटै हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव मार्गदर्शनमा गरिएको छ। यसका लािग बीमकले इजाजतप्राप्त भुक्तानी सेवा प्रदाक वा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्नुपर्ने हुन्छ।

बीमकले दाबी भुक्तानी पनि डिजिटल माध्यमबाटै गर्नुपर्ने अनिवार्यता मार्गदर्शनमा गरिएको छ। यसका लागि बीमकले सम्बन्धित भुक्तानी सेवा प्रदाक कम्पनीसँग आवश्यक सम्झौता गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा प्रस्ताव गरिएको छ।

प्राधिकरणले यो मार्गदर्शनका सम्बन्धमा आवश्यक रायसुझाव लिखित रुपमा पेस गर्न सरोकारवालाहरुसँग आग्रह गरेको छ। यसका लागि फागुन २ गतेसम्मको समयावधि दिइएको छ।

Digital-Insurance-Policy-Guideline-2080-7th-FEB-2024

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

0%

अचम्मित

36%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS