IME Life New

बीमा प्राधिकरणमा जागिर खुल्यो, १६ जनाका लागि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदमा १६ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन समूहमा सहायक निर्देशक र सहायक प्रथम पदमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय)मा १० जना, कानुनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय)मा २ जना र प्रशासनतर्फ सहायक निर्देशक (सूचना प्रविधि÷अधिकृत तृतीय)मा १ जना तथा प्रशासनतर्फ सहायक प्रथममा ३ जनाका लागि दरखास्त खुलाएको छ।

Esewa
Crest

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट कर्मचारी पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ। इच्छुक योग्य नेपाली नागरिकले आउँदो फागुन २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी चैत ३ गतेसम्म दरखास्त पेस गर्न सकिने प्राधिकरणले जनाएको छ।

अधिकृत तृतीय श्रेणीका पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ भने महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। सहायक प्रथम पदका लागि १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। बीमा प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।

अधिकृत तृतीय श्रेणी, प्रशासन समूह, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ। अधिकृत तृतीय श्रेणी, कानुन समूह, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

यसैगरी अधिकृत तृतीय श्रेणी, प्रशासन समूह, सहायक निर्देशक (सूचना प्रविधि) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट Master of Computer Application (MCA), Master of Science in Computer Science and Information Technology (M.SC.CSIT), Master of Technology (M.Tech) in Computer, Master of Engineering in Computer Engineering (M.E.C.E), Master of Science in Information System Engineering (M.Sc.ISE), Master of Information and Communication Engineering (M.I.C.E), Master Degree in Information Technology (IT) वा सूचना प्रविधिसम्बन्धी विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक स्तर प्रथम श्रेणी, प्रशासन समूह, सहायक प्रथम पदका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले प्राधिकरणको https://vacancy.nia.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS