IME Life New

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी सीईओका लागि दरखास्त खुलाएको हो। इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ।

सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोतर वा सोसरहको उपाधि हासिल हुनुपर्नेछ। व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ।

Esewa
Crest

यसैगरी चार्टर्ड अकाउन्टेन्सी वा माथि उल्लेखित विषयहरुमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा ५ हजार शब्द नबढ्ने गरी व्यावसायिक कार्ययोजनाको ४ प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेस गर्नुपर्नेछ।

छनोटसूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS