IME Life New

आईटी प्रणालीमा लगानी गर्न बीमकलाई निर्देशन, सेवा प्रवाह मितव्ययी र छरितो हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई समयमै सूचना प्रविधि (आईटी) प्रणाली विकास गर्न निर्देशन दिएको छ। सबै काम अब सूचना प्रविधि प्रणाली प्रयोग गर्नुपर्ने भएकोले प्राधिकरणले एक परिपत्र जारी गर्दै सबै जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो।

आगामी आर्थिक वर्ष २०८१/८२ देखि बीमकसँगको कामकारबाही सूचना प्रविधि प्रणालीका माध्यमबाट मात्र गरिने प्राधिकरणले स्पष्ट पारेको छ। त्यसैले समयमै बीमकको आफ्नो सूचना प्रविधि प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउनेतर्फ गम्भीर भई आवश्यक कार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ।

Esewa
Crest

प्राधिकरणले बीमकलाई प्रवाह गर्ने सेवा तथा नियामकीय कामकारबाही सूचना प्रविधि प्रणालीका माध्यमबाट गर्ने विषयमा तदनुरुपको प्रणाली जडान तथा सञ्चालनसम्बन्धी काम गरिरहेको जनाएको छ। सेवा प्रवाहलाई सरल, मितव्ययी तथा छिटोछरितो प्रदान गर्न प्राधिकरण प्रयासरत रहेको र निकट भविष्यमै सम्पूर्ण सेवाहरु सूचना प्रविधि प्रणालीका माध्यमबाट प्रवाह गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।

यसका लागि बीमकहरुको सूचना प्रणालीसमेत तद्नुकूल नै हुनुपर्ने भएकोले टिकाउ, भरपर्दो तथा सुरक्षित र समयानुकूलको सूचना प्रविधि प्रणाली विकास गरी प्राधिकरणको प्रणालीसँग जोडिन आवश्यक पर्ने थप लगानीका लागि सञ्चालक समितिबाट निर्णय गराई स्वीकृतिका लागि लेखी पठाउन प्राधिकरणले निर्देशन दिएको छ। यस्तो लगानीले बीमकको प्रणालीलाई सुरक्षि, दिगो तथा विश्वसनीय बनाई खर्चमा कमी ल्याउनुका साथै सेवा प्रवाहलाई छरितो बनाई विश्वसनीयसमेत बनाउने हुँदा त्यसतर्फ यथाशीघ्र पहलकदमी लिनु उपयुक्त हुनेतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS