IME Life New

उदयपुरको बेल्टारमा स्थानीय सरकार, इन्स्योरेन्स व्यवसायी र बीमा प्राधिकरणबीच अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उदयपुरको बेल्टारमा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको सभाहलमा सोमबार स्थानीय जनप्रतिनिधि र बीमा व्यवसायीहरुसँग नियमक निकाय नेपाल बीमा प्राधिकरणले छलफलमूलक अन्तरक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद पोखरेलले एक कार्यपत्र प्रस्तुत गर्दै बीमा व्यवस्थापनबारे जानकारी गराएका थिए । वीमा क्षेत्रप्रति आम नागरिकको नकारात्मक बुझाईलाई निर्मुल गरी गाउँ गाउँमा पुर्याउन प्राधिकरणले काम गर्दै आएको प्रदेश प्रमुख पोखरेलले बताए ।

Esewa
Crest

उनका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा हरेक गाउँपालिका र नगरपालिकाहरुमा बीमा बारे सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्राधिकरणले बिगतदेखि कार्यक्रमहरु संचालन गर्दै आएको छ । उदयपुरमा भने स्थानीय निकायसँगको समन्वय पहिलो पटक चौदण्डीगढीबाट सुरु गरिएको हो ।

पोखरेलद्धारा प्रस्तुत तथ्यांकमा हाल विदेशमा रहेका बाहेक ३९ प्रतिशत नेपालीको पहुँचमा बीमा देखिएको छ । कुल गार्हस्थ उत्पादनमा भने ३.४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा मात्र करिब ५८ अर्व बढी रकम दावी गरिएको थियो । बीमासम्बन्धी नीतिगत सल्लाहकारको रुपमा २०४९ सालमा स्थापित तत्कालिन वीमा समिति २०७९ सालमा नाम परिमार्जन गरी ‘नेपाल वीमा प्राधिकरण’ बनाइएको थियो ।

अन्तरक्रियामा चौदण्डीगढी नगरपालिकाकी उपमेयर मनिका दुलाल, प्रमुख प्रसाशकीय अधिकृतलगायतले पनि सहभागीहरुमाझ बोल्दै पालिकामा वीमा कार्यक्रम सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपालकै सबैभन्दा पुरानो स्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गाईघाटका प्रमुख प्रेमकुमार राई, नेपाल लाईफका गाईघाट शाखा प्रमुख कमल कटुवाल, रिलायबलका गाईघाट शाखा प्रमुख उमा कटुवाल, एलआईसीका गाईघाट शाखा प्रमुख रिगल खत्री, सनलाईफका बालकुमार राई र एशियन लाईफकी मेनुका पौडेल लगायतको सहभागिता रहेको थियो ।

यस्तै निर्जीवन वीमातर्फ सगरमाथा लुम्बीनि इन्स्योरेन्स कम्पनि लिमिटेडका डिवी कटुवाल, शिखर इन्स्योरेन्सका पवन राउत, हिमालय इन्स्योरेन्सका सुदिप चौधरीलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS