काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक ‘चार’ तहमा र उपसहायक ‘चार–क’ तहमा केही संख्यामा कर्मचारी मगा गरेको हो ।
सहायक ‘चार’ तहको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने उपसहायक ‘चार–क’ तहमा एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवदेन दिन सकिने जनाइएको ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।