IME Life New

बीमा धोकाधडीः भारतका विधायकबाटै ३० लाख ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत यूपी विधायक एवं पूर्व क्याबिनेट मन्त्री मनोज पाण्डेय इन्स्योरेन्स पोलिसीका नाममा ठगिएका छन्। उनको भारु ३० लाख रुपमा ठगिएको हो।

विधायक पाण्डेयले हरेक महिना तलबी खाताबाट पैसा झिकेर बीमाका लागि जम्मा गर्थे। पाण्डेयले ३ वर्षपछि आफ्नो बीमा पोलिसी रद्द भएको चाल पाए। पाण्डेयले क्यान्ट कोतवालीमा पीएनबी मेटलाइफ इन्स्योरेन्सका प्रबन्धक रमाकान्त पाण्डेयविरुद्ध बीमा धोकाधडीको मुद्दा दर्ता गरेका छन्।

Esewa
Crest

दिलकुशा कोलोनीनिवासी मनोज पाण्डेयका अनुसार सन् २०१९ मा रमाकान्त घरमै आएर भेटघाट गरेका थिए। रमाकान्तले एउटा बीमा पोलिसीको स्किम पनि सुनाएका थिए। जसमा हरेक वर्ष भारु १० लाख रुपैयाँका दरले ३ वर्षसम्म रकम जम्मा गर्नुपर्ने योजना रमाकान्तले सुनाए। मनोज पाण्डेयले रमाकान्तले भनेबोजिम ३ वर्षसम्म रकम जम्मा गरे।

तीन वर्षको समयावधि सकिएपछि बोनसका साथ एकमुष्ठ ४४ लाख रुपैयाँ पाइने रमाकान्तले बताएका थिए। मनोज पाण्डेले आफ्ना सीएलाई स्किमका बारेमा बुझ्न भनेका थिए। रमाकान्तले ती सीएलाई बीमा योजनाको डिजेट ई–मेलमा पठाएका थिए।

त्यसपछि मनोज पाण्डेयले हरेक महिना आफ्नो तलबबाट बचाएर जम्मा गरेको भारु १० लाखका दरले ३ वर्षसम्म जम्मा गरे। उनको तलबी खाता बापू भवनस्थित इन्डियन बैंकमा रहेको छ। त्यहीँबाट उनले ३ वर्षसम्म बीमा पोलिसीको रकम भुक्तानी गरेका थिए।

तीन वर्षपछि बोनससहित भारु ४४ लाख पाउने आशामा मनोज पाण्डेय थिए। तर, अफसोच उनको आशा निराशामा परिणत भयो। आफ्नो बीमा पोलिसी नै रद्द भइरहेको उनले पत्ता लगाए।

त्यसपछि मनोज पाण्डेयले रमाकान्तलाई यसबारे जानकारी दिए। तर, रमाकान्तले थप १ वर्ष रकम जम्मा गर्नुपर्ने बताए। त्यसपछि मनोज पाण्डेयले रमाकान्तविरुद्ध उजुरी दर्ता गराएका छन्। यो घटनाको अनुसन्धान भइहरेको स्थानीय अधिकारीहरुले बताएका छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS