IME Life New

हिमालयन लाइफको साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७८ /७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा क्रमशः सुलभ अग्रवाल, विवेक दुगड, सौरभ दुगड, र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा क्रमशः राजु प्रसाद प्याकुरेल, सचिन आर्चाय, प्रमिला के.सी निर्वाचन गरेको छ । सभाले स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने, नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS